सुनचाँदी व्यवसायीका तीन महासंघले गरे आन्दोलनका घोषणा
पाेखरा | जेठ २७, २०८२
पोखरा: नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट बक्तव्य मार्फत सुनका गहनामा कर र हिरा जवाहरात लगायतका बहुमुल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणासँगै सुनचाँदी व्यवसायी महासंघले चरणबद्ध रुपमा आन्दोलका घोषणा गरेका छन् ।
सरकारले सुनमा २ प्रतिशत कर र हिरा जवाहरात बहुमुल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने भएसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले आज संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।
सरकारले आर्थिक वर्ष २०८२/८२ को बजेट बक्तव्य मार्फत सुन र सुनका गहनामा २ प्रतिशत विलासिता कर र हिरा जवाहरात लगायतका बहुमूल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने भएपछि तीन व्यवसायी महासंघले विरोधका कार्यक्रमसहित आन्दोलनको घोषणा गरेको हुन् ।
विज्ञप्तीमा भनिएको छ, आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट वक्तव्य मार्फत सरकारले घोषणा गरेको सुन र सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरात लगायतका बहुमुल्य हिरा पत्थरमा लागु गरिएको १३ प्रतिशत भ्याट पूर्णरुपमा खारेज गर्न सरकारसँग आग्रह गर्ने महासंघहरूको संयुक्त कार्यदल बैठकमा निर्णय भएको छ ।
महासंघले छिमेकी मुलुक भारतमा भन्दा नेपालमा लिइने भन्सार दर ४ प्रतिशत बढी भएकोले त्यसलाई घटाई भारतमा जसरी नै ६ प्रतिशत भन्सार दर कायम गरिनुपर्ने समेत माग गरेको छ ।
यस्तै महासंघहरुले दिएको फर्म्याट अनुसार ३×२ साईजको व्यानरमा विरोधका नाराहरु समावेश गरी पसल पसलमा व्यानर राख्ने र A4 साईजको कालो झण्डा राख्ने, कालो पट्टी बाँधेर व्यवसाय सञ्चालन गर्ने, विरोध पत्रको रजिष्ट्रर तयार गरी ग्राहकहरुको हस्ताक्षर संकलन गर्ने र जिल्लारनगर संघहरु मार्फत विरोध स्वरुप सार्वजनिक स्थलमा सेतो कपडामा हस्ताक्षर संकलन गर्ने जस्ता कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।
यस्तै जेठ २९ र ३० गते दुई दिन व्यवसाय बन्द गरी विरोधस्वरुप पसलको चावी सहित स्थानिय जिल्ला प्रशासन कार्यालयमा जाने संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ।

काठमाडौं: सरकारका मन्त्रिहरूले मुलुकका प्रमुख राजनीतिक दलको कार्यालयमा पुगेर संवाद गरी उहाँहरूबाट उठाइएका विषय सरकारसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गत भदौमा भएको जेनजी आन्दोलनका...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरण सम्बन्धमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धमा चार बुँदे निर्देशन दिनुभएको छ। महामन्त्री थापाले सबै जिल्ला कार्यसमितिका ...
पोखरा: कास्कीको लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सवमा उद्योग, कृषि र संस्कृतिलाई एउटै मञ्चमा जोड्दै फरक खालका कार्यक्रम प्रस्तुत हुन थालेका छन् । महोत्सवलाई परिष्कृत स्वरूप दिँदै पहिलो पट...

